राष्ट्रिय योजना आयोगको टोली  सुदुरपश्चिममा

युग संवाददाता     782 पटक पढिएको    

राष्ट्रिय योजना आयोगको टोली  सुदुरपश्चिममा

 

 - सुदुरपश्चिमको विकास योजना बनाउन देउवाले खटाए टोली 

- पश्चिम सेती र सेती रिभर–६ एसआर–६० संयुक्त

 धनगढी पुस १४ प्रधानमन्त्री समेत रहेको कांग्रेस सभापति शेरवहादु देउवाले सुदुरपश्चिमका विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल सहित पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलाइ सुदुरपश्चिम खटाएका छन । उपाध्यक्ष डा  विश्व पौडेल र नेता महर सहितको टोली  धनगढी आएको हो । 
राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी र विकासको ढाँचा तयार पार्ने जिम्मा पाएको उच्चस्तरीय सरकारी टोली स्थलगत अवलोकन सुदूरपश्चिममा पुगेछ  । 

आयोजना विकासको ढाँचा, भौगोलिक अवस्था, आधारभूत पूर्वाधार, प्रसारण लाइनजस्ता संरचना निर्माणको सम्भावनाबारे अध्ययन गर्न उच्चस्तरीय टोली ९वटै जिल्लामा पुग्ने टोलीमा सहभागि केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।  उनले भने,  आयोजना बन्न नसक्नुमा हिजो समस्या के थियो, त्यसको पहिचान गर्नु पनि हाम्रो उद्देश्य थियो । आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक, वातावरणीयलगायत पक्षमा जानकारी लिन स्थलगत अवलोकन गरेका हौं ।’

आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको एक उच्चस्तरीय कार्यदलले पश्चिम सेती र सेती रिभर–६ एसआर–६० संयुक्त जलविद्युत् आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने छ ।


श्रोतका अनुसार उक्त टोलीले ९ वटै जिल्लामा पुगेर योजनाको खाका बनाउने छ । सबै स्थानिय तहका जनप्रतिनिधि सहित पार्टीका नेताहरुलाइ समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा उपस्थित हुन निम्तो गरिएको छ । प्रधानमन्त्री निकट श्रोतका अनुशार प्रधानमन्त्री देउवा र केन्द्रिय सदस्य आरजु राणा देउवाले बिशेष चासोका साथ खटाएको टोलिले सुदुरपश्चिममा आगमी निर्वाचनलाइ समेत ध्यानमा राखेर योजना बनाउन तथा ठुला रोजगारी सृजना गर्न सक्ने गरी योजनाका खाका बनाउन टोलीलाइ जिम्मेवारी दिएका छन ।

पार्टी महाधिवेसनमा शानदार विजयप्राप्त गरेसंगै प्रधानमन्त्री देउवासुदुरपश्चिमको योजनाको खाका बनाउने कार्यमा सुदुर पश्चिमका नौ वटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माण बारे अन्तरक्रिया गर्ने छ । १४ औ महाधिवेशनका १४ एजेण्डा सहित लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा जितेका गृह जिल्लाका युवा नेता नैनसिंह महरलाइ यसको समन्वय गर्ने जिम्मेवारी दिनुलाइ अर्थपुर्ण रुपमा हेरिएको छ।

यसै क्रममा  धनगढीमा सप्पन्न एक अन्तरक्रियामा धनगढी उप(महानगरपालिका प्रमुख एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य निर्प वड,उप प्रमुख एवं नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य शुशिला मिश्र भट्ट,राष्ट्रिय योजना आयोगका सदस्य डा। पुष्परमण वाग्ले, युवा स्वरोजगारकोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, नेपाली काङ्ग्रेस शुदुर(पश्चिम् प्रदेश महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र न।५ का सभापति भिम पडाल लगाएत नेताहरूले आ(आफ्नो मन्तव्य राखेका थिए।



बिहिबार १५, पुष २०७८ ०२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.