कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश शर्मा विजयी

युग संवाददाता     364 पटक पढिएको    

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं  पुस १। नेपाली कांग्रेसका दुई युवा नेताहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । छ जनाबीच दुई जनाका लागि भएको प्रतिस्पर्धामा गगन लोकप्रिय मतसहित पहिलो र विश्वप्रकाश दोस्रो स्थानमा रहँदै महामन्त्री बन्न सफल भएका हुन् । 

गगन र विश्वप्रकाशबीच हजार बढी मतको फरक पर्दा विश्वप्रकाश र तेस्रो स्थानमा रहेर पराजित भएका डा। प्रकाशशरण महतबीच पनि भारी अन्तरको फरक परेको हो । प्रदीप पौडेल चौथो, डा। मिनेन्द्र रिजाल पाँचौं तथा डा। राजाराम कार्की छैटौं भए । राजारामले सय मत पुर्याएका छन् ।

अन्तिम मतपरिणामअनुसार खसेको ४ हजार ६ सय ८२ मतमा थापाले ३ हजार २३ मत पाए । 

शर्माले १ हजार ९ सय ८४ मत पाए । महतले १ हजार ५ सय ५६ मत पाए । पौडेलले १ हजार ३ सय ९३ मत पाए ।

रिजालले ८ सय ९ मत पाए । त्यस्तै कार्कीले १०६ मत ल्याए । 


महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा। शेखर कोइराला समूहबाट चुनावी मैदानमा उत्रिएका थिए । 

शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार भएका थिए । यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका थिए । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भएका थिए । 



बिहिबार ०१, पुष २०७८ ०५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.