सिंह र निधि दुबैको सहयोग देउवालाई  दोस्रो चरणमा सहज

युग संवाददाता     491 पटक पढिएको    

सिंह र निधि दुबैको सहयोग देउवालाई  दोस्रो चरणमा सहज
फोटो फायल


काठमान्डौ मंसिर २८   नेपाली काँग्रेस सभापति पदका  उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले देउवालाई समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए ।  दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमती गरेका छन् ।  दोस्रो चरणको चुनावमा देउवालाई सहज भएको छ । 

पहिलो चरणको चुनावमा खसेको कुल मत ४६७९ मध्ये देउवालाई २२५८ मत प्रप्त गरेको थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । 

 उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।



मङ्गलबार २८, मङि्सर २०७८ ०३:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.