क्षितिज भण्डारीलाई केन्द्रीय सदस्यमा मतदान  नै किन   ?

युग संवाददाता     574 पटक पढिएको    

क्षितिज भण्डारीलाई केन्द्रीय सदस्यमा मतदान  नै किन   ?

 

धनगढी मंसिर २६ ।  नेपाली कांग्रेसको १४ औं महाधिबेशन का उम्मेदवार क्षितिज भण्डारी एक भाषण निकै चर्चित भएको छ । वहाँ ले नेता प्लेन र हेलिकप्टरमा आउने तर हजुरको यातायातको उचित प्रबन्ध नहुने प्रथा अन्त्य गर्न, नेता तारे होटेलमा बस्दै मिठिमसिनो खाने तर हजुरलाई तातोपानी र खाजा नहुने ब्यवस्थापन अन्त्य गर्न, नेता बारम्बार टिकट र नियुक्ति पाउने तर हजुरको मुल्यांकन र सम्मान भोट हालेपछि पनि बिर्सने प्रथा अन्त्य गर्दै सुदृढ, रूपान्तरित कांग्रेस र समृद्ध नेपाल निर्माणमा हजुरको नेतृत्व अवसरको लागि मुल्यांकन गर्नुछ भनेर बन्द सत्र मा भाषण गरेको मतदाताले रुचाएको देखिन्छ ।
भण्डारीको एजेन्डा टि. टिकट, प. पद र
नि.नियुक्ति अर्थात टिपनि रहेको छ । वहाँ भन्नुहुन्छ १ रक्तदानले १ज्यान बच्छ
तर मतदानमा गल्ती हुँदा देशले दुख पाँउछ अनि मुल्यांकनको अभावमा ईमानदार, मेहनती र क्षमतावान नेतानेत्री जिउँदै शहिद झै जोगि बन्न सक्छौ

त्यसैले सुखदुख र अफ्ट्यारोको साथी
हरेक समस्यामा “अन द स्पट” एटिएम कार्ड झै सेवा दिने सुत्र “स्मार्ट कांग्रेसलाई “टिपनि” तपाईं महाधिवेशन प्रतिनिधिको अधिकार स् क्षितिज भण्डारीको प्रतिबद्धता भन्ने नारा नै बिजयको आधार हुन् ।

नेपाली कांग्रेसभित्र भाग्यविधाता आदरणीय मतदाताको माया र आशिर्वाद लिन देश दौडाहामा रहनु भै
मेरो लागि लोकतान्त्रिक पद्धति र राष्ट्रियता नै सबैभन्दा ठुलो कुरा हो भन्ने नेता क्षितिज भण्डारी
नेपाली कांग्रेस अहिले आप्नो १४औं महाधिबेसनमा होमिएको छ । नेताकार्यकर्ता बिच जताततै कांग्रेस महाधिबेसन र परिवर्तनकै चर्चा परिचर्चा चलिरहेको छ। अहिलेसम्म वडा, गाउपालिका, नगर, जिल्ला हुदै प्रदेशको अधिबेशनको सक्किरहेको छ ।
बहुसंख्यक युवायुवती को उपस्थिति केन्द्रीय महाधिवेशन प्रतिनिधि मा भएकोले पनि यस अघिका महाधिवेशन भन्दा केही फरक र आशलाग्दो तरिकाले सम्पन्न भै रहेको छ ।
देशभर युवा उपस्थिति र युवा कै नेतृत्व अनि अग्रज को सम्मान को मागलाई जबर्जस्त समर्थन देखिएको छ। जुन कुरा स्वयं नेपाली कांग्रेस र आम जनताको लागि खुसी को कुरा हो।
यसै बिचमा युवानेता क्षितिज भण्डारी सबै नेता कर्याकर्ताको मन मस्तिष्कमा नबिर्सिने गरि बसिरहेका छन ।
समाजिक सेवाका अभियन्ता अनि आशा र भरोसाका केन्द्र बन्दै गयको छ्न। उहाँले ३० बर्ष नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष, कार्यबाहक अध्यक्ष, जिल्ला कार्य समिति कैलाली र कांग्रेसमा ३ पटक महाधिवेशनर महासमिति सदस्य हुँदै अत्यधिक पपुलर मत ले खुला बाट जित्नुभएको छ ।
बिरामी लाई हेलिकप्टर र एम्बुलेन्स सेवा मा सहयोग गरेर चर्चा मा आएका उनी करोडौं सम्पत्ति का मालिक भएर पनि सादा जीवन र उच्च विचार का हिमायती छन् ।
चन्दा संकलन बिरोधि वहाँले आफ्नो निजि सम्पतीबाट करोडौंको जग्गा र स्वास्थय सामाग्री बितरण गरेर आम नेताकार्यकर्ता माझ निकै लोकप्रिय भएका छन ।
उहाँको भाषण शैली, २४ घण्टा एटिएम कार्ड झै सेवा अभियान शैली पनि निकै आकर्षण देखिन्छ ।
देशमा हुने कुनै पनि बिपत्तिमा पीडित जनताको घर दैलोमा पुग्ने र सहयोग गर्ने स्वभावका नेता भण्डारी लक डाउन र कोरोनाको पहिलो चरण देखि सकृय भएको थिए ।
प्रहरी विरुद्ध लागेर राहत बाडन नदिएर झडप भएको घटना छिचोल्सै भण्डारी देशको विभिन्न स्थानमा गएर बिरामीलाई साथ सहयोग र हौसला प्रदान गर्दै गरेको न्युज र फोटो ले राष्ट्रिय चर्चा पाएको थियो ।
वहाँले सुदुरपश्चिम प्रदेशमा मात्रै १८०० अक्सिजन सिलिन्डर बितारण गर्नु भयो साथै सम्पूर्ण देशभरका स्थानीय तहलाई करोडौंको स्वास्थ सामग्री बितारण गरेको देखियो ।
कोभिड बिरामीलाई र आफन्तलाई उचित बसोबास नेपाली कांग्रेसको मचथ त्रगबचष्लतष्लभ र निशुल्क उपचार र एम्बुलेन्स सेव आवतजावत मिलाएर चर्चा मा आउनुभयो ।

वहाँले १ लाख उन्नत जाताका फलफुल र बोटबिरुवा बितरणमा गर्नुभयो ।
१४ औं महाधिबेशन अबधिमा समेत आफै निरन्तर सेवा काममा लागि रहे का भण्डारीले राष्ट्रिय टोपी , विभिन्न धर्मिक किताब , झोला , डायरी उपहारस्वरूप सबै प्रतिनिधिहरु लाई मायाको चिनो स्वरुप प्रदान गर्नु भयो ।
आज सबैजसो सु प प्रदेशका कांग्रेस नेता कर्याकर्ता राष्ट्रिय टोपी मै देख्न सकिन्छ। आफ्नो गृहजिल्ला कैलालीको क्षेत्र न ५ वाट लोकप्रिय मत सहित बिजय भयका नेता भण्डारीले नेपाल भारत सिमाको जङ्गे पिलर मा उभिएर देशको माटो समातेर देशको स्वाभिमान र पार्टीको स्वाभिमानमा कहिले आच आउन नदिने भन्दै केन्द्रिय सदस्यमा उम्मेद्बारी घोषणा गरे सङ्गै नेता कर्याकर्तामा खुसियाली छाएको देखिन्छ ।
काठमाडौ कृषि, मेडिकल कलेज, विभिन्न बैंक हरु बाट बैधानिक आर्थिक ब्यवस्थापन गर्नुहुने वहाँ हरिप्रीया ट्रेड टावर लगायत विभिन्न घर भाडा को रकम ले पार्टी कार्यकर्ता को सेवा मा सक्रिय देखिनुहुन्छ ।
हरिप्रीया प्रकाश फाउन्डेसनबाट करोडौं को सामाजिक सेवा अभियान चलाएर नेपाली कांग्रेसको प्रतिष्ठा बढाएका सुदुरपश्चिमको एक प्रतिष्ठित राजनीतिक र सुसंस्कृत परिवारका उत्तराधिकारी भण्डारीलाई १४ औं महाधिवेशनमा जितको लागि हाम्रो शुभकामना छ । 



आइतबार २६, मङि्सर २०७८ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.