कांग्रेसका संस्थापक नेताहरुले देखेको सपना पूरा गर्छु   सिंह

युग संवाददाता     344 पटक पढिएको    

कांग्रेसका संस्थापक नेताहरुले देखेको सपना पूरा गर्छु   सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफूले पुरा गर्न सक्ने बताएका छन् ।

शनिबार काठमडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पुरा गर्न आफु सक्षम भएको बताएका हुन् ।

‘किस्नुजी, गणेशमान ,विपीको सपना जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो त्यो सपना तपाईहरुको सहयोगबाट पुरा गर्न सक्छु भन्ने विश्वास छ’उनले भने । जनताका प्रतिनिधी भएपछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो ।

साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पुस्तक पढ्नुपर्ने बताए ।बानेश्वर नेपालाको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको पनि बताए ।



शनिबार ०४, मङि्सर २०७८ ०६:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.