कपिलवस्तुमा विप्लवका सेक्रेटरीसहित १८ जना पक्राउ

युग संवाददाता     522 पटक पढिएको    


 
नेकपा जिल्ला इन्चार्ज पदम केसीले भने २४ जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका बताएका छन् । बजार र यातायात बन्द गराउँदै हिँडेका जिल्ला सेक्रेटरी कमल केसीसहित १८ जनालाई नियन्त्रणमा लिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

नेकपा जिल्ला इन्चार्ज पदम केसीका अनुसार बाणगंगाबाट कमल केसी, बाणगंगा नगर सेक्रेटरी शेरमान थारुसहित ९ जना, चन्द्रौटाबाट शिवराज नगर सेक्रेटरी विनोद लुइँटेलसहित ५ जना, गोरुसिंगेबाट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विज्ञान केसी र धानखोलाबाट अर्घाखाँची तथा कपिलवस्तुका १५ जना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा महासचिव विप्लवको गृह जिल्लासमेत रहेको कपिलवस्तुमा बन्दको प्रभाव तुलनात्मक रुपमा अन्यत्र भन्दा धेरै परेको छ ।



मङ्गलबार ३०, कार्तिक २०७८ ०२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.