प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

युग संवाददाता     806 पटक पढिएको    

प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

 

धनगढी । धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । आज भएको फाइनल खेलमा डडेल्धुरालाई ३-० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो ।

पहिलो म्याच २५/२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५/१३ ले जितेको थियो । त्यस्तै अन्तिम म्याच १७/१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५/२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो ।

उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिसरपच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए । प्रतियोगिता यहि असोज २०(२३ गतेदेखि धनगढी स्थित रंगशालामा शुरु भएको थियो ।



शनिबार २३, असोज २०७८ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.