केन्द्रीय सदस्य भानुभक्त जोशीले छाडे एमाले

युग संवाददाता     118 पटक पढिएको    

केन्द्रीय सदस्य भानुभक्त जोशीले छाडे एमाले

 

काठमाडौं असोज २१  बिहीबार नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।  बहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन्। 

जोशीलाई पार्टीमा प्रवेश गराउँदै नेकपा ९एस०का अध्यक्ष माधव नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको पनि आरोप आरोप लगाए। एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको अध्यक्ष नेपालले दाबी गरेका छन्। 


कार्यक्रममा नेता भानुभक्त जोशीले पार्टीमा आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको बताए। पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको जोशीले बताएका छन्।



बिहिबार २१, असोज २०७८ ०५:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2021
Anubhabi Technologies Pvt. Ltd.