साउटिम्ला पूर्ण सरसफाईयुक्त गाउँ घोषणा

युग संवाददाता     420 पटक पढिएको    

साउटिम्ला पूर्ण सरसफाईयुक्त गाउँ घोषणा

धनगढी असोज १६ । कैलालीको चुरे गाउँपालिका–१ साउटिम्ला  गाउँलाई पूर्ण सरसफाईयुक्त गाउँ घोषणा गरिएको छ । 
ग्रामीण जलस्रोत परियोजना अन्तर्गत सो गाउँमा गैरिगडा खानेपानी तथा सरसफाई योजना सम्पन्न भएसँगै पूर्ण सरसफाईयुक्त गाउँ घोषणा गरिएको हो ।
खानेपानी योजना क्षेत्रमा ग्रामीण जलस्रोत परियोजनाले प्रत्येक घरधुरीलाई  पुर्ण सरसफाईका संरचना निर्माण र  पोलिहाउसमा तरकारी खेती गरि दीगो जिबिकोपार्जनका लागि रु. १५ लाख भन्दा बढीको सहयोग गरेको जलस्रोत अधिकृत पूर्ण अवस्थीले जानकारी दिए ।  
शुक्रबार साउटिम्ला गाउँमा एक कार्यक्रमको आयोजना गरी सो गाउँलाई पुर्ण सरसफाईयुक्त गाउँ घोषणा गरिएको जनाइएको छ ।  गैरिगडा खानेपानी तथा सरसफाई योजना सम्पन्न भएपछि त्यहाँका २५ घरधुरी लाभान्वित भएका छन् ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिबिराज सोतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  चुरे गाउँपालिका–१ कार्यबहाक वडा अध्यक्ष मानबहादुर नेपाली, कार्यपालिका सदस्य खिमादेबि सिंह , जलश्रोत सल्लाहकार दिबाकर द्वाल लगायत स्थानीयबासिन्दाको सहभागीता रहेको थियो ।  
पुर्ण बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ग्रामीणजलस्रोत परियोजनाका फिल्ड संयोजक दयानन्द जोशीले गरेका थिए ।



शनिबार १६, असोज २०७८ ०३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.