चीनले अनुदानमा दिने १६ लाख डोज खोप आएपछि थप खरिद हुने

युग संवाददाता     793 पटक पढिएको    

चीनले अनुदानमा दिने १६ लाख डोज खोप आएपछि थप खरिद हुने
फोटो फायल

 

काठमाडौँ । सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप खरिद गर्ने भएको छ । पछिल्लो पटक चीनबाट खरिद गरिएको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज भेरोसेल खोप असोज १ गते नेपाल भित्रिएको थियो ।

हाल सो खोप लगाउने कार्यक्रम देशभर सञ्चालनमा रहेको छ । यसबिच सरकारले थप खोप खरिदको प्रक्रिया अघि बढाएको हो ।

४४ लाख डोज खोप लगाइ सक्ने बेलामा चीन सरकारले अनुदान स्वरूप दिने भनेको १६ लाख डोज खोप भित्रिने भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले ुअब, अनुदानमा दिने भनेको खोप आउने तयारी भइरहेकोु बताएका हुन्।

यस्तै चीनबाट थप खोप खरिदको तयारी समेत सुरु भएको उनले बताएका छन् । ुकति खोप, कहिले खरिद हुँदै छ भन्नेबारे भने टुङ्गो नलागेकोु उनले बताए।

सरकारले आगामी चैतसम्म सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । सोही अनुसार देशभर तीव्र रूपले खोप अभियान अघि बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयको बुधवारको तथ्याङ्क अनुसार देशभर ६२ लाख ३८ हजार १ जनाले कोरोना भाइरसविरुद्धको खोप पूर्ण मात्रा लगाएका छन् । जुन लक्षित जनसङ्ख्याको २८ प्रतिशत हो । 

यस्तै ७२ लाख १४ हजार ७ सय ४२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । जुन लक्षित जनसङ्ख्याको ३३।२ प्रतिशत हो । सरकारले १८ वर्षमाथिका २ करोड १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।



बिहिबार १४, असोज २०७८ ०१:२० मा प्रकाशित

#कोरोना भाइरस //

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.