कर्णालीमा ६२ वटा स्थानीय तहमा कांग्रेसको पालिकास्तरीय अधिवेशन हुँदै

युग संवाददाता     754 पटक पढिएको    

कर्णालीमा ६२ वटा स्थानीय तहमा कांग्रेसको पालिकास्तरीय अधिवेशन हुँदै

 

सुर्खेत, ९ असोज 

कर्णालीका ७९ वटा स्थानीय तहमध्ये शनिबार ६२ वटा स्थानीय तहमा नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि पालिकास्तरीय अधिवेशन हुँदै छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये सुर्खेतका नौ र डोल्पाका आठ गरी १७ स्थानीय तहबाहेकका अन्य ६२ वटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन हुन लागेका हुन् ।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन सम्पन्न भएका जाजरकोट, दैलेख, सल्यान, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु र हुम्लाका ६२ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन हुन लागेका हुन् ।

पालिकास्तरीय अधिवेशनमा केही जिल्लामा सर्वसम्मत र केही जिल्लामा चुनावी प्रतिस्पर्धा हुने संम्भवना रहेको नेपाली कांग्रेस कालिकोट जिल्लाका सभापति हर्षबहादुर बमले बताए । 



शनिबार ०९, असोज २०७८ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.