व्यापारी हत्या आरोपमा पक्राउ परेका चारजना सार्वजनिक

युग संवाददाता     502 पटक पढिएको    

व्यापारी हत्या आरोपमा पक्राउ परेका चारजना सार्वजनिक

 

बैतडी, ८ असोज

सन्सेरीमाण्डौँका व्यापारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका सातजना मध्ये तीनजनालाई सामान्य सोधपुछपछि छोडेको र बाँकी चारजनालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले सुर्नया गाउँपालिका–५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया–४ का हरिस सिंह महरा, स्थानीय होटेल सन्चालक रामबहादुर महरा र शंकरसिंह महरालाई शुक्रबार सार्वजनिक गरेको हो । उनीहरूले व्यापारी कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरीको आरोप छ ।

बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ । उनले भने, ‘आरोपित व्यक्तिहरूको बयान शुरु भएको छैन् । सामान्य सोधपुछका क्रममा तीनजनालाई छोडेर चारजनालाई हिरासतमा राखि अनुसन्धान शुरु गरेका छौं।’ चारजना मध्ये रामबहादुर मडैको हत्यामा मुख्य संलग्नता रहेको प्रहरीले जनाएको छ । मडैलाई विहीबार घरैबाट प्रहरीले पक्रेको हो ।

सुर्नया–४ सन्सेरीमाण्डैँस्थित मासु पसल सञ्चालन गर्दै आएका ५६ वर्षीय कमले महराको विहीबार बिहान शव फेला परेको थियो । 



शुक्रबार ०८, असोज २०७८ ०६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.