विद्यालयलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न कार्ययोजना तयार

युग संवाददाता     656 पटक पढिएको    

विद्यालयलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न कार्ययोजना तयार

धनगढी असोज ७ । ग्रामीण जलस्रोत परियोजनाले कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार गरी तीन गाउँपलिकाका ८ वटा विद्यालयलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न कार्ययोजना तयार गरेको छ ।
परियोजनाले आगामी मंसिरसम्म ती गाउँपालिकाका ८ वटा विद्यालयलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न कार्ययोजना तयार गरिएको जनाइएको छ ।
कार्ययोजना अनुसार विद्यालयलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न तीन तारा मोडेलमा स्त्तरोन्नती गरिने प्राविधिक विज्ञ बासु पाण्डेयले जानकारी दिए ।
उनका अनुसार ८ वटा विद्यालयलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न  परियोजनाले दुई दिने गोष्ठीको आयोजना गरेको छ ।  सो गोष्ठीमा विद्यालयका स्वास्थ्य फोकल शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकको सहभागीता रहेको थियो ।
तीन गाउँपादिकाका  ८ वटा विद्यालयलाई पुर्ण सरसफाइ सुनिश्चितता तथा ३ तारामा स्तरोन्नती तयारीका लागि कार्ययोजना तयार गर्दै गोष्ठी सम्पन्न भएको ग्रामीण् जलस्रोत परियोजनाका परियोजना अधिकृत पूर्णनन्द अवस्थीले जानकारी दिए । ८ वटा विद्यालयलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न परियोजनाले आवश्यक सहयोग गर्ने जनाइएको छ ।



बिहिबार ०७, असोज २०७८ ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.