कैलाली जिल्लामा पार्टी सभापति पदका लागी ६ जनाको दाबी

युग संवाददाता     1149 पटक पढिएको    

कैलाली जिल्लामा पार्टी सभापति पदका लागी ६ जनाको दाबी

 धनगढी असोज ६ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कैलाली जिल्लामा पार्टी सभापतिको नेतृत्व लिन नेताहरुको दौडधुप बढेको छ । पार्टीको वडादेखि केन्द्रसम्मको अधिवेशनको तयारी भए लगतै नेताहरुको दैनिकरुपमा दौडधुप बढेको हो ।

हाल कैलाली जिल्ला सभापति पदका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, गणेश देउवा नगर सभापति निर्प वडको नाम चर्चामा छ ।

सभापति पदका आकांक्षी धेरै देखिए पनि बडुवाल, बम र भट्ट अरूभन्दा बलिया उम्मेद्वारका रुपमा हेरिएको नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरु बताउने गर्छन् । कैलाली निर्वाचनका हिसावले प्रतिनिधिसभाको पाँच वटा क्षेत्र भएको जिल्ला हो । जिल्लामा हुने गतिविधीले आम चुनाव, दल तथा संघ संगठनका चुनावले केन्द्रदेखि प्रदेशका जिल्लाको चुनावलाई समेत प्रभावित पार्ने जिल्लाका रुपमा कैलालीलाई चिन्ने गरिन्छ । त्यसैले यस जिल्लामा हुने हरेक चुनावी गतिविधिलाई प्रदेशवासीले चासोका रुपमा हेर्ने गर्दछन् ।

नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नरनारायण शाह मनु ले दुई पटक पार्टी सभापति पदको जिम्मेवारी पूरा गरेका छन् । उनलाई तेस्रो पटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले बन्देज गरेको छ । जिल्ला सभापति पदका उम्मेद्वार प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, गणेश देउवा, निर्प वड लगायतका नेताहरु आकांक्षीका रुपमा देखिएका छन् ।

नेता बडुवाल अघिल्लो वर्ष जिल्ला अधिवेशनमा पार्टी सभापति पदमा उम्मेद्धारी दिएका थिए । नारायणदत्त भट्ट  पार्टीको महासमिति सदस्य समेत हुन ।  प्रकाश बम हालको जिल्ला उपसभापति हुन् । थारू समुदायबाट  नेपाली कांग्रेसको राजनीतिमा लागेका नेता खेमराज चौधरी पनि बलिया उम्मेदवार हुन । पार्टी सङ्गठनमा जिल्लामा सुनिलकुमार भण्डारी, चन्द्रसिंह भट्टराई, नरनारायण शाह, गोविन्दराज जोशी, रणबहादुर रावल, नृपबहादुर वड, फकिरसिंह कडायत, जङ्गबहादुर साउद, ईश्वरी न्यौपाने लगायतका नेताको प्रभाव रहेको कार्यकर्ताहरुको भनाइ रहेको छ ।

जिल्लामा थारू समुदायको नेपाली कांग्रेस पार्टीमा बाहुल्यता धैरै रहेको छ । थारू समुदायबाट कांग्रेसको सक्रिय राजनीतिमा रहेका नेताहरु रामजनम चौधरी, बुद्धिसागर चौधरी, प्यारेलाल रानाथारू, राजसमझ चौधरी, प्रदिप चौधरी, रामकृष्ण चौधरी, बलीराम चौधरी, यज्ञ चौधरी, मिना चौधरी, अरु चौधरी, परशुराम चौधरी, भरतराम चौधरी, कलेशु चौधरी, आशाराम चौधरी, बंशराम चौधरी, फिरुराम चौधरी, उमा महतो, रामकुरमारी चौधरी  र खेमराज चौधरीको पनि पार्टीमा राम्रो प्रभाव छ ।

पार्टीको सङ्गठन निर्माणमा प्रभाव रहेका नेताभन्दा केन्द्रीय सभापति शेरबहादुर देउवाले इच्छ्याएको नेताले नै जिल्ला सभापतिमा जित्नेमा दुई मत नरहेको बताइन्छ । ‘क्रियाशील सदस्यताको अन्तिम नामावली विवाद टुङ्गिएको नेताहरुको भनाई छ । पार्टीका लागि लामो समयदेखि गरेको त्याग, तपस्याका कारण र साथीहरुको सल्लाहबमोजिम आफू जिल्ला सभापति पदको आकांक्षी रहेको सभापतिका उम्मेद्धार नारायणदत्त भट्टले भने । ‘सबै साथीसँग सहयोग मागिरहेको छु’, उनले भने,‘आफूलाई सभापतिमा सहयोग गर्ने कुरा न्यायोचित हुन्छ भन्ने विश्वामा रहेको उनले बताए ।’

सभापति लगायतका पदका आकांक्षी पार्टीका कार्यकर्ताको घरमै पुगेर आ(आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । प्रदेशका अधिकांश जिल्लाको कांग्रेस पार्टी सङ्गठनमा केन्द्रीय सभापति देउवाको प्रभाव छ । गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा कारबाहीमा पर्नुभएका पूर्वसांसद पुस्करनाथ ओझाको पार्टीको आउने अधिवेशनमा भने खास प्रभाव नदेखिने कतिपय कांग्रेस कार्यकर्ताको भनाइ छ ।

ओझालाई प्रतिनिधिसभाको गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ का प्रत्यासी डा आरजु राणा देउवालाई पराजित गर्न अन्तर्घात गरेको आरोप लागेको थियो ।
 पार्टीको जिल्ला सचिव पदमा ६ जना आकांक्षी रहेका छन् । पार्टीको जिल्ला कार्यसमिति सदस्य निर्प सुनार, अमृत वीसी, केशव मिश्र, लोकराज पाण्डेय, लक्ष्मण शाही, देवानन्द जैशी सचिब पदका दाबेदार रहेका छन् ।
 



बुधबार ०६, असोज २०७८ ०४:५५ मा प्रकाशित

#sunil

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.