सुदूरपश्चिम प्रदेशमा पर्यटनको सम्भावना, धैरै प्रचारप्रसार कम

Yugnepal     118 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा पर्यटनको सम्भावना, धैरै प्रचारप्रसार कम
खप्तड फायल फोटो

सुनिल आउजी 
धनगढी   - सुदूरपश्चिम प्रदेशकोे द्रुत आर्थिक विकास र समृद्धिको अर्को महत्वपूर्ण आधार पर्यटन नै हो । यो प्रदेशका अपिनाम्पा, सैपाल लगायतका हिमाल अहिलेसम्म ‘भर्जिन’ मानिन्छन् । त्यस्तै, खप्तड विश्वभरीका पर्यटकको आकर्षक गन्तव्य बन्ने उत्तिकै सम्भावना छ । रामारोशन, बडिमालिका, शुक्लाफा“टा, घोडाघोडी ताल त्यस्तै सम्भावना बोकका छन् । यस क्षेत्रमा रहेका प्रशिद्ध धार्मिक तथा ऐतिहासिक स्थलहरू, जलयात्रा (¥याफ्टिङ), विविध संस्कृति आदि पनि पर्यटनका लागि निकै राम्रा सम्भावना हुन । सुदूरपश्चिम पर्यटन विकास संस्था (नाटा) का अध्यक्ष मायाप्रकाश भट्ट भन्छन्– पर्यटन गुरुयोजना बनाएर अघि बढ्ने हो भने सुदूरपश्चिम प्रदेशमा मुख्य गरेर धार्मिक पर्यटनका लागि निकै सम्भावना छ । अध्यक्ष भट्टले उदाहरण दिए– धनगढी देखि बझाङको ताक्लाकोटसम्मको द्रुतमार्ग मात्रै पनि निर्माण गरिने हो भने चीनको तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा आस्थाको केन्द्र मानसरोवर जाने भारतीय पर्यटकको भीड थामिनसक्नु हुने छ । 
आन्तरिक पर्यटकका लागि त कैलाली, कञ्चनपुर लगायतका सबै जिल्लामा रहेका धार्मिक पर्यटनस्थलहरू नै पर्याप्त रहेका छन् । टीकापुर पार्क, कर्णाली पुल, दोधारचादनी पुल, शुक्लाफा“टा, बुढितोला, अछामको बैजनाथ, बैतडीको त्रिपुरासुन्दरी, डडेल्धुराको उग्रतारा, डोटीको शैलेश्वरी लगायतका पर्यटन स्थलहरू अहिले पनि आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेका छन् । 
सुदूरपश्चिम प्रदेशका  जनताको समान गुनासो व्यक्त हुन्छ– हामी (सुदूरपश्चिम) लाई राज्यले सधैं विभेद गर्दै आएको छ । हुन पनि प्रचुर प्राकृतिक स्रोतसाधन, कर्मठ जनशक्ति, विकासका लागि अवसर, राजनीतिक नेतृत्व तथा राज्य सञ्चालनका उच्च तहमा सुदूरपश्चिमेली जनताका प्रतिनिधिको पहुँच र सबैभन्दा बढी आर्थिक समृद्धिका लागि झण्डै २७ लाख जनसंख्या भएको सुदूरपश्चिमका जनताको दशर्कौदेखिको तीब्र चाहना र सपना हुँदाहुँदै पनि यो क्षेत्र विकासका दृष्टिले सधैं पछाडी पारियो, परिरह्यो । तथ्यांकले पनि यस्तै भन्छ– अहिले नेपालको राष्ट्रिय स्तरमा गरिबीको रेखामुनी रहेको जनसंख्या सरदर २३ प्रतिशत छ, तर सुदूरपश्चिममा यो दर ४१ प्रतिशतभन्दा माथि छ । नेपालका हालका ७७ जिल्लामध्ये सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा मानव विकास सूचकांकमा सबैभन्दा कमजोर रहेको तथ्यले पनि राज्यबाट भइरहेको विभेद र स्रोतसाधनको असमान वितरणलाई नै इंगित गर्दछ । 
यो अहिलेसम्मको अवस्था थियो र हो । तर, अहिले परिस्थिति परिवर्तन हुँदैछ । देशको शासन प्रणाली संघीयतामा  छ ।  । प्रदेशहरूको निर्माण भइसकेको छ । सौभाग्यले ो सुदूरपश्चिम अहिले सिंगो प्रदेश भएको छ– प्रदेश नम्बर ७ का नामबाट । र, यसस“गै यो प्रदेशको दु्रत आर्थिक समृद्धिका लागि दशकौंदेखि यहा“का जनताले देखेको सपना साकार हुन्छ भन्ने विश्वास पनि पलाएको छ । यो कोरा कल्पना मात्रै होइन, यहा“ उपलब्ध प्राकृतिक स्रोतसाधन, जनशक्ति र सुदूरपश्चिम प्रदेशका बासिन्दामा आफूहरूलाई दशकौंदेखि राज्यले भेदभाव गरेको पीडा र त्यसले आफ्नो प्रदेशका लागि केही गर्नुपर्छ भन्ने अठोटका कारण यो सपना साकार हुने विश्वास गर्न सकिन्छ । 
अहिलेकोसुदूरपश्चिम प्रदेशका द्रुत आर्थिक समृद्धिका लागि प्रमुख रूपमा चार वटा आधारलाई लिने गरिएको छ । कृषि, जलस्रोत, जडिबुटीसहितको बन पैदावार र पर्यटन सुदूरपश्चिम प्रदेश को द्ूत आर्थिक समृद्धिका आधार हुन् । त्यसैगरी यो क्षेत्र शिक्षामा पनि उत्तिकै सम्भावनायुक्त छ । 


शनिबार २६, भदौ २०७८ ०८:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2021
Anubhabi Technologies Pvt. Ltd.