विद्यालय सञ्चालन गर्न जिल्ला प्रशासन कैलालीको अनुमति

युग संवाददाता     126 पटक पढिएको    

विद्यालय सञ्चालन गर्न जिल्ला प्रशासन कैलालीको अनुमति

 

धनगढी भदौ १७। कैलालीमा विद्यालय सञ्चालन गर्न पाइने भएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय सुचारु हुने भएका हुन् ।

बिहीबार भएको बैठकपछि  प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका हुन्। बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ।

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । 

सो पालना भए नभएको बारे सम्बन्धित स्थानीय तहले कडाईका साथ अनुगमन गर्ने र पालना भएको नपाइएमा आफै वा स्थानीय तहको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गर्ने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ।

No description available.



बिहिबार १७, भदौ २०७८ ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2021
Anubhabi Technologies Pvt. Ltd.