वालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठकः अध्यादेश ल्याउन महन्थको समर्थन

युग संवाददाता     628 पटक पढिएको    

वालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठकः अध्यादेश ल्याउन महन्थको समर्थन

 

हाम्रा कुराबाट
काठमाडौं  भदौ १ । सरकारले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश आजै९मंगलबार० ल्याउने भएको छ ।

त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने वालुवाटार स्रोतले जनाएको छ ।

बैठकअघि जसपाका नेता महन्थ ठाकुरसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका थिए । सो भेटमा महन्थ ठाकुरले समेत अध्यादेशमा देउवालाई समर्थन दिएका छन् ।

हालको राजनीतिक दल सम्बन्धि ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुग्नुपर्ने व्यवस्था छ । दुवै ठाउँमा ४० प्रतिशत नपुगेमा भने दल विभाजन गर्न पाइदैन ।

त्यसैले केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा ४० प्रतिशत संख्या पुग्ने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो ।

तर महन्थ समूहसँगको छलफलपछि प्रधानमन्त्री देउवाले ४० प्रतिशतको व्यवस्थालाई पनि घटाउन सक्ने बताइन्छ ।



मङ्गलबार ०१, भदौ २०७८ ०१:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.