क्रियाशील सदस्यता विवाद समाधानमा जुटे देउवा, पौडेल र सिटौला

युग संवाददाता     425 पटक पढिएको    

क्रियाशील सदस्यता विवाद समाधानमा जुटे देउवा, पौडेल र सिटौला

 


अनलाइनखबरबाट 


१५ साउन, जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज बस्दै छ ।

विवाद समाधानको जिम्मा पाएका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठक बस्न लागेको हो ।


बैठक बिहान साढे ११ बजे बुढानीलकण्ठमा बस्न लागेको देउवाको सचिवालयले जनाएको छ ।

यी शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र टुंगो लगाउनुपर्ने मुख्य तीन जिम्मेवारी छ ।

पहिलो जिम्मेवारी बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । यी जिल्लाबाट ढिलो गरी विवरण आएको भन्दै क्रियाशील सदस्यता छानविन समितिले फाइल नै खोलेको छैन ।

दोस्रो जिम्मेवारी धनुषा(४ र सर्लाही(२ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने हो । त्यहाँका कांग्रेस नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बस्दै आएका छन् ।

तेस्रो जिम्मेवारी भनेको समायोजनबाट आएका क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सुनील थापा लगायतको टिमलाई दिने क्रियाशील सदस्यतामा विवाद हुँदा सदस्यता वितरण हुन सकेको छैन ।

क्रियाशील सदस्यता विवादका कारण आगामी भदौ १६ गतेदेखि हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशन सो मितिमा नहुने पक्का भइसकेको छ ।



शुक्रबार १५, साउन २०७८ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.