माओवादीका ४ पदमुक्त भएका सांसदको मुद्धा ‘हेर्न नभ्याइने’

युग संवाददाता     568 पटक पढिएको    

माओवादीका ४ पदमुक्त भएका सांसदको मुद्धा ‘हेर्न नभ्याइने’


काठमाडौं साउन १४ । सांसद पदमा पुनर्बहालीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरूले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिए पनि सुनुवाइ भएन। 

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेशी तोकिए पनि कार्कीले बिहीबारको पेशीमा सो मुद्दालाई ‘हेर्न नभ्याइने’ जनाउँदै सुनुवाइ नै गरेनन्। सर्वोच्च स्रोतका अनुसार बिहीबार कार्कीले एउटा मात्रै निवेदनको सुनुवाइ गरेर बेलैमा इजलासबाट उठेका हुन् ।

पूर्व माओवादी नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधवार सर्वोच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए ।आफूहरू एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उनीहरूको जिकिर छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यी चारैजना नेताहरू पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेपछि उनीहरूलाई माओवादीले कारबाही गरी पदमुक्त गरेको थियो।



शुक्रबार १५, साउन २०७८ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.