बिप्रेषण १२ प्रतिशतले वृद्धि

युग संवाददाता     531 पटक पढिएको    

बिप्रेषण १२ प्रतिशतले वृद्धि


काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा बिप्रेषण १२।६ प्रतिशतले वृद्धि भएको छ । विदेश जाने नेपालीको संख्यामा कमी आएको भए पनि चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बिप्रेषण भने १२।६ प्रतिशतले वृद्धि भएर ८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ ।
कोरोनाका कारण विदेश जाने नेपालीको संख्यामा कमी आए पनि बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार बिप्रेषणमा वृद्धि भएको देखाएको छ । जुन अघिल्लो वर्षका सोही अवधिमा ३।२ प्रतिशतले घटेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ११ महिनामा अमेरिकी डलर बिप्रेषणमा पनि १०।४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । यो अवधिमा अमेरिकाबाट ७ अर्ब ३९ करोड बिप्रेषण भित्रिएको छ । यस्तो बिप्रेषण दर अघिल्लो बर्षको सोही अवधिमा ५।४ प्रतिशतले गिरावट आएको थियो ।
त्यसैबीच, चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत० नयाँ र वैधानिकीकरण० लिनेको संख्यामा निकै ठूलो मात्रामा गिरावट आएको छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा ५९।९ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२।४ प्रतिशतले मात्रै घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्यामा पनि कमी आएको देखिएको छ । जेठ मसान्तसम्म पुनः श्रम स्वीकृति लिनेको संख्यामा ४७।१ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही समयमा पुनः श्रम स्वीकृति लिनेको संख्यामा ३१।१ प्रतिशतले कमि आएको थियो ।
त्यस्तै जेठ मसान्तसम्म खुद ट्रान्सफमा भने ११।४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो बर्षको सोही अवधिमा भने यो संख्यामा ३।९ प्रतिशतले कमि आएको थियो ।



शनिबार ०२, साउन २०७८ ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.