सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गगन थापाको विश्वास

युग संवाददाता     605 पटक पढिएको    

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गगन थापाको विश्वास

 काठमान्डौ जेठ १० । नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । सर्वोच्च अदालत परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अदालतमा संसदको कुल संख्याको ५४ प्रतिशत सांसद आइपुगेको भन्दै  संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । त्यसैले अब सर्वोच्च अदालतले पनि दायाँबायाँ गर्न नमिल्ने उनको भनाइ छ । 


थापाले संसद पुनःस्थापना हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । उनले भने, ‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा सशरीर आयौं, सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन। अदालतप्रति हाम्रो भरोसा छ।’ 


उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी व्यक्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले पटक पटक संविधानको उल्लंघन गरेकोले आफूहरु पनि पटक पटक अदालत आउनुपरेको उनको भनाइ थियो ।



सोमबार १०, जेठ २०७८ ०४:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.