गेटा मेडिकल कलेजमा आइसोलेसन सञ्चालनमा

युग संवाददाता     873 पटक पढिएको    

गेटा मेडिकल कलेजमा आइसोलेसन सञ्चालनमा


 

धनगढी फागुन ०९। गेटा मेडिकल कलेज आइसोलेसन सञ्चालनमा आएको छ । तिनै तहका सरकारको उपस्थिती बढेपछि मेडिकल बलेजमा बन्न लागेको आइसोलेसनमा सम्पुर्ण सामग्री तयार भएसंगै आजबाट सञ्चालनमा आएको हो । यस क्षेत्रका तिन वटा स्थानिय तहबाट स्वास्थ्यकर्मी खटिएका छन्, भने हाललाई ५० बेड तयार गरेर अक्सिजन समेत तयारी अवस्थामा राखिएको छ ।

निकै बिवादमा रहेको गेटा मेडिकल कलेजमा बन्न लागेको आइसोलेसन बल्ल सञ्चालन भएको छ । तिन तहका सरकारहरुबिच समन्वय तथा सहकार्य अभावमा आइसोलेसन सञ्चालनमा ढिलाई भइरहेपनि बल्ल आजबाट सो आइसोलेसन शुरु भएको हो ।


गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने संंघिय सरकारको निर्णय संगै २ हजार बेड क्षमतासम्म बनाउनका लागी तत्कालिन उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट आफै उपस्थित भएर निर्माण शुरु गर्न लगाएका थिए । संघिय सरकारले आफु मात्रै श्रेय लिने गरी काम अगाडी बढाएपछि प्रदेश सरकारको उपस्थिती देखिएको थिएन । हाल तिनै तहका सरकारसंग समन्वय बढे संगै मेडिकल कलेजमा आइसोलेसन सञ्चालनमा आएको हो ।


संघिय सरकारले अक्सिजनको जोहो गरेको छ भने, प्रदेश सरकारले थप जनशक्ती भर्ना संगै अन्य आवश्यक उपकरणका लागी बजेट उपलब्ध गराएको छ । साथै धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकाले समेत केही उपकरण र जनशक्ती खटाएको छ । गोदावरी नगरपालिकाका प्रवक्ता तथा गेटा मेडिकल कलेज आइसोलेसनका सम्पर्क ब्यक्ती सर्मानन्द भट्टका अनुसार ५० बेड सहित अक्सिजन तयारी अवस्थामा छ ।
जनशक्ती खटाइसकेका छौँ उनले भने ‘आवश्यक कामहरु पुरा गरेर सञ्चालनमा ल्याइएको हो, तिनै तहका सरकारको यसमा लगानी र मेहेनतका कारण सञ्चालनमा ल्याउन सक्यौँ ।’ देशभरी अक्सिजनको हाहाकारका कारण हामीले भनेकै समयमा आइसोलेसन सञ्चालनमा ल्याउन सकेनौँ उनले भने ‘त्यसका लागी क्षमा माग्दछौँ अब निरन्तर अक्सिजन सहायतामा यहाँ उपचार हुन्छ साथै बेड संख्यापनि थप्दै जानेछौँ ।’

धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाले आवश्यक करिब १५ जना स्वास्थ्यकर्मी खटाइसकेको छ ।दिउँसो मात्रै तयार भएको आइसोलेसनमा बिरामी भर्ना नभइसकेपनि अस्पताल जानुपर्ने अवस्थाको बिरामीलाई उपचारका लागी आउन आग्रह गरिएको छ । अक्सिजन सहायताबाट उपचार गरिने बिरामीहरुलाई गेटा मेडिकल कलेजमा राख्ने र आइसियु, भेन्टिलेटरको सहायता आवश्यक परे सेती तथा मालाखेती अस्पताल पठाइने जनाइएको छ । हाललाई ५० बेडबाट शुरु गरिएको आइसोलेसन बिस्तारै बढाउँदै लैजाने जनाइएको छ । साथै आवश्यक जनशक्ती समेत थप हुने प्रक्रियामा छ ।

आइसोलेसनको स्वास्थ्य बिभाग हेरिरहेका गोदावरी नगरपालिका कैलालीका स्वास्थ्य साखा प्रमुख बिस्णु जोशीले १५ जना स्वास्थ्यकर्मी आइसोलेसनमा खटिसकेको बताए । उनले भने ‘हामीले यहाँ अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामीको उपचार गर्नेछौँ बढी समस्या भएकाहरुलाई सेती प्रादेशिक अस्पताल तथा मालाखेती अस्पताल पठाउने छौँ ।’ उनले भने ‘हामीसंग जनशक्ती छ आउनुहोस उपचारका लागी बेड अभाव हुने छैन ।’
गेटा मेडिकल कलेजमा आइसोलेसन बनाउन पछिल्लो समय तिन तहकै सरकारको सहकार्य बढेसंगै आइसोलेसन सञ्चालनमापनि आएको छ ।
 



सोमबार १०, जेठ २०७८ ०२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.