केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

युग संवाददाता     877 पटक पढिएको    

केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९३० अनुसार बिहीबार राती संसद्को सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।


प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्को विश्वास पाउन नसकेपछि पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि बिहीबार साँझ ९ बजेसम्म आह्वान गरेकी भए पनि कुनै पनि दल प्रधानमन्त्रीको दाबी गर्न नगएपछि ओलीलाई ठुलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

नेपाली काँग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएपछि ओलीले तेस्रो पटक प्रधानमन्त्री हुने मौका पाएका हुन। राष्ट्रपति भण्डारीले दिएको समय सीमाभित्र गठबन्धन सरकार गठन गर्ने प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको प्रयास असफल भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संसद्को ठुलो दल एमालेले बिहीबार साँझसम्म संविधानको धारा ७६९२० अनुसार संयुक्त सरकार गठनका लागि पहल गरेका थिए।


तर, सत्ता गठबन्धनका लागि निर्णायक जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष वैकल्पिक सरकार गठनका लागि तयार नहुँदा राष्ट्रपतिले दिएको समयभित्र संयुक्त सरकार गठन हुन सकेन। त्यस लगतै राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्।
संविधानको धारा ७६९२० अनुसार सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले ७६को ३ अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको हैसियतमा एमाले संसदीय दलका नेतासमेत रहेका ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले संविधानको धारा ७६९३० अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठुला दलको हैसियतमा नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका नेता केपी शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी दिए।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९३० बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को संसदीय दलका नेता माननीय केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।’ नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शुक्रवार दिउँसो २ बजे हुनेछ।



शुक्रबार ३१, बैशाख २०७८ १०:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.