फेम्स समाधानमा पहल गर्छु  महानिर्देशक

युग संवाददाता     1275 पटक पढिएको    

फेम्स समाधानमा पहल गर्छु  महानिर्देशक


काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेम्स० मा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । मंगलबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले नयाँमहानिर्देशकलाई गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफूले फेम्सलाई नजिकबाट हेरिरहेको भन्दै यो समस्या समाधानका लागि आफूले पहल गर्ने महानिर्देशक दवाडीको भनाइ रहेको एसोसियसनका महासचिब भवानी निरौलले जानकारी दिएका छन् । एसोसियसनका तर्फबाट महानिर्देशक दवाडीलाई वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समसामयिक समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको महासचिब निरौलाले बताए । वैदेशिक रोजगारमा अनुभवी रहेका दवाडीले समस्या समाधान गर्नेतर्फ पहल गर्ने विश्वास गरिएको निरौलाले जानकारी दिएका छन् । महानिर्देशक दवाडीले आफूहरूले राखेका कुराहरूलाई सकारात्मक रूपमा लिएको महासचिव निरौलाले जानकारी दिए ।

दवाडी वैदेशिक रोजगार कार्यालय ९ताहाचल० का पूर्वकार्यलय प्रमुख र साउदी अरबस्थित नेपाली दूताबासका पूर्वश्रम काउन्सिलरसमेत रहिसकेकाले वैदेशिक रोजगारीका क्षेत्रका समस्याका विषयमा जानकार भएकाले समस्या समाधान हुने आसा गरिएको व्यावसायीको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय बुटवलमा सरुवा गरेपछि दवाडी नयाँमहानिर्देशकमा आएका हुन् । स्वागत कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्ष किरणकिशोर घिमिरे, एसोसियसन तथा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकाल, एसोसियसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालसहितका प्रदाधिकारीहरूको उपस्थिति रहेको थियो ।



आइतबार १२, बैशाख २०७८ १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.