कांग्रेस  पदाधिकारी बैठक   देउवा निवासमा बस्दै

युग संवाददाता     754 पटक पढिएको    

कांग्रेस  पदाधिकारी बैठक   देउवा निवासमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पार्टीको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा आसन्न १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यलाई समेत बोलाइएको बैठकले पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डासमेत तय गर्ने छ । 

पार्टीको केन्द्रीय समिति बैठक सोमबार दिउँसो २ बजे पार्टी मुख्यालय वीपीनगरमा बस्दैछ । 

पदाधिकारी बैठकमा जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनबारेमसते छलफल हुनेछ । 


नेकपा एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाइसकेका अवस्थामा कांग्रेसले अहिलेसम्म उम्मेदवारसमेत तय गरेको छैन । 

त्यसैगरी महाधिवेशनको मिति घर्कन लाग्दासमेत क्रियाशील सदस्यको टुंगो लाग्न सकेको छैन । कांग्रेसले यसपालि १० लाख क्रियाशील सदस्य बनाउने बताए पनि ६ लाखबाट उकालो लाग्न सकेका छैनन् । 

त्यसैगरी नयाँ सत्ता परिवर्तनका लागि कांग्रेसले देउवालाई अगाडि सारे पनि अहिलेसम्म विशेष कदम चाल्न सकेको छैन । 

कांग्रेसले राजनीतिक रुपले धेरै निर्णय गर्नुपर्ने भए पनि अहिलेसम्म सुस्ताएरै बसेको छ । 



आइतबार १२, बैशाख २०७८ ११:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.