सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

युग संवाददाता     852 पटक पढिएको    

सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

 

काठमाडौँ  बैशाख ६ सरकारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी फैलिएपछि वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सिफारिसअनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले मुख्य सहरी क्षेत्रका विद्यालयमात्रै बन्द गर्ने निर्णय गरेको खानेपानी मन्त्री मणि थापाले बताए । उनले भने, ‘भर्चुअल कक्षा सञ्चालन गर्नुपर्छ ।’

त्यस्तै, संसद्को हिउँदे अधिवेशन पनि आजबाट अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
 



सोमबार ०६, बैशाख २०७८ ०४:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.