ओली सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस

युग संवाददाता     806 पटक पढिएको    

ओली सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस

 

काठमाडौं   वैशाख ६  । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य र आह्वान हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन अन्त्य हुने छ । दिउँसो १ बजेबाट अधिवेशन अन्त्य हुने स्रोतले बताएको छ । 

ओली सरकारले पठाएको सिफारिस फिर्ता नगर्ने राष्ट्रपति भण्डारीको नीतिअनुसार संसद अधिवेशन अन्त्य हुने एक एमालेका स्थायी कमिटी सदस्यले बताए । 

गत पुस ५ गते ओलीले संसद विघटन गरेका थिए । त्यसपछि परेका १३ वटा मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले फागुन ११ गते संसद ब्युँताएको थियो । 

१३ दिनाभित्र बैठक डाक्न समेत दिएको निर्देशनअनुसार फागुन २३ गते बैठक बसेको थियो । तर झण्डै एक दर्जन वटा बैठक हुँदा पनि सरकारले बिजनेश नदिएर संसदलाई बन्धकजस्तै बनाएको थियो । 


संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनको तयारीका लागि चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारी दाबी छ । 

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्नेछ । त्यसअघि नै सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले बजेट अधिवेशन छिट्टै आह्वान हुनेछ । 

तर ओलीले सभामुख अग्निप्रसाद सापकोटाले कामै गर्न नदिएको आरोप लगाएसँगै द्धन्द्ध थप चर्किने निश्चित छ । 



सोमबार ०६, बैशाख २०७८ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.