नेपाल आउने नागरिकमा पनि संक्रमण दर बढ्नथाल्यो

युग संवाददाता     1312 पटक पढिएको    

नेपाल आउने नागरिकमा पनि संक्रमण दर बढ्नथाल्यो


   
 धनगढी चैत १६ - पछिल्ला केहीदिन यता भारतमा कोरोना संक्रमण दर तिब्र बन्दा नेपाल आउने नागरिकमा पनि संक्रमण दर बढ्नथालेको छ । 
 भारतका विभिन्न स्थानबाट नेपाल आउने नागरिकको गौरिफण्टा नाकामा गरिएको एन्टिजेन परिक्षणमा हाल सम्म ३४ जनामा संक्रमण पुष्टि भएको छ । 
 धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायका अनुसार पछिल्लो १ साताको अवधीमा गौरिफण्टा नाका भएर नेपाल प्रवेस गरेका ७ सय ६६ जनाको एन्टिजेन परिक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरुलाई अन्य मानिसको सम्पर्कमा अनाउने व्यवस्था सहित  होम आइसोलेसनमा बस्नेगरी पठाइएको उनले बताए । 
 सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीका अनुसार गौरिफण्टा नाका संगै कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउने नागरिकमा समेत कोरोना संक्रमण पुष्टि हुनथालेको छ । सो नाकाबाट आउने मध्य हाल सम्म ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 
 घर जान सम्भव भएका व्यक्तिलाई सुरक्ष्ति तवरले घर पठाइने गरिएको र घर सम्म पुग्न असम्भव भएका नागरिकलाई स्थानीय तहसंग समन्वय गरेर १० दिन सम्म आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताए ।

 ‘घर जान सम्भव भएका तथा आर्थिक अवस्था कम्जोर भएका संक्रमितलाई स्थानीय तह संग समन्वय गरेर सीमा नजिकै आयसोलेसनमा बस्ने व्यवस्था गरिएको छ’ उनले भने–‘घरजान सक्नेलाई होम आइसोलेसनमा बस्ने शर्त सहित सुरक्षित तरिकाले घर पठाइने गरिएको छ ।’
 भारतमा कारोना संक्रमण फैलिएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतबाट नेपाल आउने नागरिकको सीमा नाकामै एन्टिजेन प्रविधीबाट स्वास्थय परिक्षण् गर्ने गरेको छ ।



मङ्गलबार १७, चैत २०७७ १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.