दुई दिने कार्याशाला गोष्ठी सम्पन्न

युग संवाददाता     1007 पटक पढिएको    

दुई दिने कार्याशाला गोष्ठी सम्पन्न

धनगढी चैत १२ 

 नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जुरी नेपालको सयुक्त आयोजनामा  धनगढीमा स्थानीय सरकार संचालन सन्दर्भमा उप प्रमुख तथा उपाध्यक्षहरुको भुमिका र जिम्मेवारी सम्बन्धी दुई दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कैलाली तथा कंचनपुर जिल्लाका विभिन्न पालिकाका उप प्रमुख तथा उपाध्यक्ष हरुको सहभागीता रहेको थियो । 
तालीम धनगढीमा दुई दिन चलेको थियो । 
निर्वाचित जनप्रतिनधिीहरुको काम कर्तव्य तथा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि ज्ञान सिप तथा क्षमताको अभिवृद्दी गर्ने  परियोजनाको  उदेश्य  रहेको छ  । तालीमका  प्रशिक्षक जुरी नेपालका परियोजनाका विज्ञ देवका के.सी. तथा सुन्दर स्नेही रहेका  थिए । तालीममा  २५ जनाको सहभागिता रहेको थियो ।
 स्थानीय सरकार संचालनमा जनप्रतिनिधीहरुको भुमिका निर्वाह गर्दा देखिएका समस्या र चुनौतीहरु, लैगिंक उत्तरदायी बजेट तथा समावेशी सुशासन र स्थानीय विकासमा यसको महत्व तथा कार्यान्वयन, स्थानीय तहको योजना तर्जुमा तथा बजेट विनियोजन विधीका ७ चरणहरु , योजना कार्यान्वयनमा र अनुगमनमा उप प्रमुख तथा उपाध्यक्षुहरुको भुमिकाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य दुर्गा विक रहेकी थिइन । 
 नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका  अध्यक्ष  चक्र विकले कार्यक्रमको  समापन गरेका थिए भने  कार्यक्रमको संचालन सामाजिक विकास अधिकृत लिला नेपाली गरेकी थिइन । 
 



बिहिबार १२, चैत २०७७ ०४:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.