बैंकिङ क्षेत्रमा रोजगारीको अवसरै अवसर

युग संवाददाता     1119 पटक पढिएको    

बैंकिङ क्षेत्रमा रोजगारीको अवसरै अवसर

 

बैंकिङ खबरबाट 
काठमान्डौ फागुन ९। अहिले विभिन्न बैंकहरुले रोजगारी खुलाएका छन् । नयाँ देखि पुराना व्यक्तिका लागि बैंकले कर्मचारी माग गरेका हुन् । सबैभन्दा बढी नेपाल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । नेपाल बैंक सरकारी बैंक हो । अर्को ठुलो बैंक नविल बैंकले पनि कर्मचारी माग गरेको छ भने राष्ट्रिय सहकारी बैंकले पनि केही पदमा कर्मचारी माग गरेको छ । राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रको एक मात्र बेंक हो । कर्मचारी माग गरिएका बैंकका वेभसाइटमा गएर फारम अनलाइनबाटै भर्न सकिन्छ भने आवेदन पनि अनलाइनबाटै दिन सकिन्छ ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सोका लागि अनलाइन दरखास्त आह्वान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । अनलाइन दरखास्त खुलेको र सो को अन्तिम म्याद चैत १२ गतेसम्म रहने छ । नेपाल बैकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आवेदन आह्वान गरेको छ ।

नबिल बैंक
नबिल बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले सूचना निकाल्दै करिब ९० जना कर्मचारी माग गरेको हो ।
बैंकले म्यानेजमेन्ट ट्रेनीतर्फ १५ जना, ट्रेनी एसिसटेन्टका लागि ७० जना ९सातै प्रदेशका लागि० र ट्रेनी एसिसटेन्ट आइटी डिपार्टमेन्टका लागि ४ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपालीले अनलाइनबाटै चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।राष्ट्रिय


राष्ट्रिय सहकारी बैंक
राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा गरि कुल ६३ नयाँ कर्मचारी मागेको हो । बैंकले अधिकृत ९कानुन० पदमा १ जना, सहायक अधिकृत ९बैंकिङ व्यवसाय पदमा ११ जना, सहायक अधिकृत ९सूचना प्रविधि० पदमा १ जना, बरिष्ठ सहायक ९सूचना प्रविधि० पदमा २ जना, कनिष्ठ सहायक ९बैंकिङ व्यवसाय० पदमा ४५ जना र कनिष्ठ सहायक ९सूचना प्रविधि० पदमा ३ जना गरि कुल ६३ कर्मचारी माग गरेको हो । बैंकले इच्छुक तथा योग्य आवेदकलाई चैत्र १८ गते भित्र आवेदन दिन आग्रह गरेको छ । बैंकले अधिकृत र सहायक अधिकृत पदको लागि आवेदन दिन २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, बरिष्ठ सहायक र कनिष्ठ सहायकको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, र महिला उम्मेदवारको लागि ४० वर्ष ननाघेको हुनु पर्ने जनाएको छ ।

अधिकृत ९कानुन० को लागि कानुन विषयमा स्नातक गरि बैंक तथा वित्तीय संस्थाको कानुन विभागमा ३ वर्ष काम गरेको हुनु पर्ने, सहायक अधिकृत ९बैंकिङ ब्यबसाय० को लागि स्नातकोतर वा स्नातक गरि बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको हुनुपर्ने, सहायक अधिकृत ९सूचना प्रविधि० को लागि आइटी विषयमा स्नातकोतर गरि बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको हुनु पर्ने, बरिष्ठ सहायक ९सूचना प्रविधि० को लागि आइटी विषयमा स्नातक वा प्लस टु उतिर्ण गरि बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको हुनु पर्ने बैंकले उल्लेख गरेको छ । त्यस्तै कनिष्ठ सहायक ९बैंकिङ व्यवसाय० को लागि व्यवस्थापन विषयमा प्लस टु उतिर्ण गरेको तथा कनिष्ठ सहायक ९सूचना प्रविधि०को लागि कम्प्युटर विषयमा प्लस टु गरेको हुनु पर्ने छ ।


बैंकिङ रोजगारीका लागि के के चाहिन्छ रु हेर्नुहोस् न्यूनतम योग्यताहरु स्

कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । विभिन्न कम्पनीका आफ्नै नीतिनियम हुन्छन् । कर्मचारीले सम्बन्धित कम्पनीको नीतिनियमभित्र रहेर काम गर्नुपर्छ । बैंकिङ क्षेत्रमा जागीर गर्नका लागि पनि आधारभूत योग्यताहरु लगभग उस्तै हुन् । शैक्षिक योग्यता, अनुभव, कार्यशैली यो सबै कुराहरु बैंकिङ क्षेत्रमा जागीर गर्दा पनि हेरिन्छ । बैंकमा पनि जागीर खाने विभिन्न पदहरु हुन्छन् । समग्रमा, बैंकिङ क्षेत्रमा करिअर बनाउन यस्ता योग्यताहरु आवश्यक पर्दछन् । 

शैक्षिक योग्यता
विशेषगरी, बैंकिङ क्षेत्रमा प्रवेश गर्न व्यवस्थापन संकायमा अध्ययन गरेको हुनुपर्छ । यो अध्ययनले आर्थिक तथा वित्तीय प्रणालीको बारेमा जानकारी गराउँछ । बीबीए तथा बीबीएस गरेकाहरुको माग यो क्षेत्रमा बढी हुने गर्दछ । अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, विजनेस एडमिनिस्ट्रेसन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर उतीर्ण गरेकाहरुको माग बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी लगायतमा भइरहेको हुन्छ । त्यस्तै, पछिल्लो समय फेसन जस्तै बनिसकेको विषय हो, सीए । सी गर्नेहरुलाई अहिले नेपालमा राम्रो स्कोप छ । सी गर्नेहरुले पनि जागीर गर्ने बैंकिङ क्षेत्रमै हो । साथमा पुँजी बजारसम्बन्धी कुनै पनि कम्पनीमा सीएको आवश्यकता हुने गर्दछ । यसबाहेक, पदअनुसारका योग्यता हरु खोजिन्छन् । जस्तै, बैंकलाई लिगल अफिसर चाहिएको हुन सक्छ । यसका लागि कानुन विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै, कुनै बैंकलाई आईटी अफिसर चाहिएको हुन सक्छ । यसका लागि आईटी पढेको हुनुपर्छ । 

अनुभव तथा तालिम
बैंकिङ क्षेत्र जनताको पैसाको कारोबार गर्ने क्षेत्र भएकाले निकै नै संवेदनशील मानिन्छ । त्यसैले, कर्मचारी नियुक्तिको विषयमा यो क्षेत्रमा अलि कडाइ गरिन्छ । शैक्षिक योग्यता सँगसँगै अनुभव तथा तालिमहरु पनि माग गरिन्छ । विशेषतः मेनेजर, अफिसर जस्ता ठूला पदमा त अनुभव अनिवार्य नै हुन्छ । अब, अनुभव चाहिँ कहाँबाट लिने त रु अनुभव लिनका लागि तपाईँले कुनै पनि बैंकमा इन्टर्नसिप गर्नुहोस्, अथवा सामान्य पदबाट जागीर सुरु गर्नुहोस् । यसबाट तपाईँलाई बैंकिङसम्बन्धी जानकारी प्राप्त हुन्छ । अनि, बैंकिङ करिअर बनाउन ठूलो सहयोग पुग्छ । यसबाहेक, बैंकहरुले आफ्ुना कर्मचारीहरुका लागि बेलाबेलामा तालिम पनि दिइरहेका छन् । त्यसैले, इन्टर्नसिपबाटै भएपनि आफूमा क्षमताको विकास गर्नुहोस् । बैंकहरुले प्रशिक्षार्थी कर्मचारीको रुपमा बेलाबेलामा दरखास्त आह्वान गरिरहेका हुन्छन् । यस्तै बेलामा यो क्षेत्रमा छिर्नुभयो भने तपाईँलाई बैंकिङ करिअर बनाउन पक्कै सहज हुन्छ । 

भाषासम्बन्धी ज्ञान
कर्मचारी आवश्यकतासम्बन्धी जुन विज्ञापन हेर्नुस्, सबैमा अंग्रेजी तथा नेपाली भाषामा दखलता भएको हुनुपर्ने भन्ने वाक्यांश पाउनुहुन्छ । पछिल्लो समयमा त झन् अंग्रेजी भाषा निकै नै हाबी बन्दै गइरहेको छ । यस अनुसार, तपाईँले आफूलाई पनि तयार बनाउनुस् । नेपाली र अंग्रेजी दुबै भाषा पढ्न, लेख्न र बोल्नमा आफूलाई दक्ष बनाउनुस् । 

कम्युटरसम्बन्धी ज्ञान
कम्प्युटरसम्बन्धी धेरै नभएपनि आधारभूत ज्ञान भएको हुनु पनि अनिवार्य नै हो । बैंकमा मात्र हैन हरेक क्षेत्रमा जागीर गर्दा यो क्षमता हुनु जरुरी छ । जागीर नै नगरेपनि यो सीप खेर जाँदैन । त्यसैले, खाली समयमा कम्प्युटर तालिम लिनुहोस् । फेसबुक या युटुवका लागि मात्र कम्प्युटरको प्रयोग नगरेर टाइपिङ९अंग्रेजी, नेपाली०, बैंकिङ सफ्टवेर, पावरपइन्ट, एक्सेलजस्ता कुराहरु चलाउन जान्ने बन्नुहोस् । 

अन्तक्र्रियात्मक क्षमता
बैंकले जारी गरेको कर्मचारी आह्वानसम्बन्धी हरेक विज्ञापनमा सँधै अटाउने अर्को वाक्यांश हो एक्सिलेन्ट कम्युनिकेसन स्किल, अर्थात उत्कृष्ट अन्तक्र्रियात्मक क्षमता । ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन सक्ने र ग्राहकको जिज्ञासालाई तुरुन्तै मेटाउन सक्ने क्षमता एउटा कर्मचारीमा हुनुरु जरुरी छ । यसका लागि पुनः कुरा आउँछ, सम्बन्धित क्षेत्रसम्बन्धी ज्ञानको । हामीसँग ज्ञान छ भने पक्कै पनि बोल्नको लागि धेरै कुरा हुन्छ, र अरुलाई बुझाउन पनि सहज हुन्छ । तर, ज्ञान हुनेवित्तीकै सबैले अरुलाई बुझाउन सक्छन् भन्ने छैन । यसका लागि आफूले जानेको कुरा राम्रोसँग अरुको अगाडी राख्न सक्ने हुनुपर्छ । बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने बैंक तथा पदका लागि आवश्यक योग्यताहरु त छँदैछन्, यसका अलावा माथि उल्लेखित योग्यताहरु पनि तपाईँमा भयो भने तपाईँको बैंकिङ भविष्य एकदमै उज्वल छ, यसमा दुईमत छैन । 



सोमबार ०९, चैत २०७७ ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.