खनाल नेपाल समूहका सांसद बाटैबाट फर्किए

युग संवाददाता     760 पटक पढिएको    

खनाल नेपाल समूहका सांसद बाटैबाट फर्किए

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन हिडेका खनाल नेपाल समूहका सांसद बाटैबाट फर्किएका छन् ।


दलको बैठकमा भाग लिन सानेपाको हेरिटेज गार्डेनबाट बालुवाटार हिँडेका उनीहरु सिंहदरबार पुगेर पुनः हेरिटेज गार्डेनमा नै फर्किएका हुन् । सांसद गणेश पहाडीले आफूहरु सिंहदरबारबाटै फर्किएको जानकारी दिए ।

बिहीबार विहान भएको छलफलपछि सो समूहका स्थायी कमिटीका सदस्यबाहेकका अन्य सांसदहरु ओलीले बोलाएको बैठकमा सहभागी हुने भएका थिए । तर नेता भीम रावलसहितका नेताहरुले बैठकमा जान नहुने भन्दै राय राखेका थिए ।

छलफल जारी रहँदा वालुवाटार हिडेका सांसदहरु छलफलको निश्कर्षले नजाने निणर्य गरेपछि पुनः ओलीले बोलाएको बैठकमा नजाने निश्कर्षसहित फर्किएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज बिहीबारका लागि आफ्नो सरकारी निवास वालुवाटारमा पार्टीको संसदीय दलको बैठक बोलाएका छन् ।



बिहिबार ०५, चैत २०७७ ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.