वामदेवको एकता अभियानको नाम फेरियो

युग संवाददाता     936 पटक पढिएको    

वामदेवको एकता अभियानको नाम फेरियो

 


अनलाइनखबरबाट 

३ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी  नेकपा एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् ।

गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी ९एमाले० एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राष्ट्रिय एकता अभियान बनाएका थिए ।


अदालतको फैसलासँग उनको अभियानको नाम पनि एमाले बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेकपा विभाजित भएको थियो ।

विभाजित नेकपाको कतै पनि नलागेका गौतमले पार्टी एकता गराएरै छोड्ने उद्घोष सहित छुट्टै अभियान शुरु गरेका छन् ।



मङ्गलबार ०३, चैत २०७७ ०१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.