इतिहास बोकेका सन्सारका पाँच शक्तिशाली बैंकहरु

युग संवाददाता     1122 पटक पढिएको    

इतिहास बोकेका सन्सारका पाँच शक्तिशाली बैंकहरु

बैंकिङ खबरबाट 
काठमान्डौ फागुन २९ नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि।सं। १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि।सं। २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि।सं। २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिले नै बैँकको सुरुवात भइसकेको थियो । नजानिँदो रुपमा मानिसले पैसाको कारोबार धेरै पहिलेदेखि नै सुरु गरिसकेका थिए  ।यद्यपि, औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात गरि बैँकिङ इतिहास रच्ने श्रेय इटलीलाई जान्छ । सन् १४७२ मा इटलीमा संसारकै सबैभन्दा पहिलो बैँकको स्थापना भएको थियो । त्यपछिका दिनहरुमा बैँकिङ प्रणाली संख्यात्मक र गुणस्तरात्मक दुवै तवरले विकास हुँदै आइरहेको छ । 

यसैबिच, बैँकिङ इतिहास रचेका संसारका सबैभन्दा पुराना ५ बैँकहरुका बारेमा यहाँ चर्चा गरिएको छ 


 
बैँक अफ न्यूयोर्क
१७८४ मा अमेरिकाको न्यूयोर्क सहरमा स्थापित बैँक अफ न्यूयोर्क संसारको पाचौँ पुरानो बैँक हो । अहिले बैँक अफ न्यूयोर्क मेलनको नामबाट परिचित यस बैँकको स्थापनामा एलेक्जेण्डर ह्यामिल्टनको ठूलो योगदान रहेको छ । उनले बैँकिङ कानुन निर्माण गरेर बैँक अफ न्यूयोर्क स्थापना गरे । सन् १७९२ मा न्यूयोर्क स्टक एक्सचेन्जको स्थापना हुँदा शेयर कारोबार गर्ने पहिलो कम्पनि बैँक अफ न्यूयोर्क थियो । सन् २००७ मा यसको नाम परिवर्तन गरिएको हो । 

द बैँक अफ स्कटल्याण्ड
१६९५मा स्थापना भएको बैँक अफ स्कटल्याण्ड त्यहाँको पैसा छाप्ने पहिलो बैँक हो । अहिले हलिफ्याक्स बैँक अफ स्कटल्याण्डको नामबाट परिचित यो बैँक स्कटल्याण्डको एडिनबर्गमा रहेको छ । यस बैँकको स्थापनाले स्कटल्याण्डका विभिन्न व्यवसायहरुलाई सहयोग मिलेको थियो ।


सी होर एण्ड को
सन् १६७२ मा लनडन सहरमा स्थापित यस बैँकले इंगल्याण्डमा आधुनिक बैँकिङ तथा कागजी नोटको प्रचलन ल्यायो । निजी स्वामित्वमा स्थापना भएको सो बैँक अहिले पनि पारिवारिक रुपमा चलेको छ । सर रिचार्ड होरको व्यवस्थापनमा बैँक सञ्चालन भइरहेको छ । 

बेरेनबर्ग बैँक
सन् १५९० मा स्थापित यो बैँक जर्मन बैँक हो । जर्मनीको हमवर्गमा स्थापना भएको सो बैँक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने सो दाजुभाइले खोलेका सो बैँकका कारण हमवर्ग सहर आर्थिक गतिविधिमा बढि क्रियाशील बन्यो ।  
बान्सा मोन्टे डीपस्सी डी सीना
  इटलीको सीना सहरमा अवस्थित यो बैँक संसारकै सबैभन्दा पहिलो बैँक हो । सन् १४७२ मा यसको स्थापना भएको थियो । गरिबहरुलाई च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले सो बैँकको स्थापना गरिएको थियो । 



शनिबार २९, फागुन २०७७ ०६:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.