मेलमिलापको आधार खडा गर्न चाडपर्वले सहयोग पुर्‍याए –  देउवा

युग संवाददाता     786 पटक पढिएको    

मेलमिलापको आधार खडा गर्न चाडपर्वले सहयोग पुर्‍याए –  देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 


उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताए । 
 
प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले सबै चाडपर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रका धरोहर भएको बताएका छन् । 



बिहिबार २७, फागुन २०७७ ०८:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.