पाकिस्तानी एफ–१६ खसालेको प्रमाण देखायो भारतीय सेनाले

विदेश

Yugnepal     685 पटक पढिएको    

पाकिस्तानी एफ–१६ खसालेको प्रमाण देखायो भारतीय सेनाले

पाकिस्तानी एफ–१६ खसालेको प्रमाण देखायो भारतीय सेनाले 

काठमाडौं । भारतीय वायु सेनाले पाकिस्तानको एफ–१६ विमान खसालेको प्रमाण पेश गरेको छ । 

अमेरिकाको एक म्यागेजिनमा छापिएको रिपोर्टलाई खारेज गर्दै भारतीय वायुसेनाले प्रमाण सार्वजनिक गरेको हो ।

अमेरिकी म्यागेजिनले गत फेब्रुअरी २७ मा पाकिस्तानले एफ–१६ भारतको विरुद्धमा नउतारेको दावी गरेको छ । अमेरिकी म्यागेजिनका अनुसार एफ–१६ विमान सुरक्षित छ । 

भारतीय वायुसेनाले भने आफ्नो आधिकारिक बयानमा अमेरिकी फाइटर प्लेन एफ–१६ को प्रयोग गरेर पाकिस्तानले आक्रमण गरेपछि जवाफी कार्वाहीमा मिग–२१ को प्रयोग गरी खसालेको जनाएको छ । 

एफ–१६ को विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएपछि अमेरिकाले भ्रम तोड्न यो अफबाह फैलाएको विश्वास गरिएको छ । 



मङ्गलबार २६, चैत २०७५ ११:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.