महिलालहरुले  समान अधिकार पाउनुपर्छ  मुख्यमन्त्री भट्ट

युग संवाददाता     795 पटक पढिएको    

महिलालहरुले  समान अधिकार पाउनुपर्छ  मुख्यमन्त्री भट्ट

\


 
धनगढी  फाल्गुन २४ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज  शुभकामना सन्देश दिदै जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताएका छन् । 

    
“नेपालको संविधानले लङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ”, उनले सन्देशमा भनेका छन्, “महिलाको राजनीतिक संवैधानिक अधिकारका साथै महिला स्वतन्त्रता, समानता र न्यायका लागि भएका विगतका विभिन्न बलिदानीपूर्ण सङ्घर्षको सम्मान गर्दछौँ ।”

उनले सन्देशमा सामाजिकरुपमा देखिएको विकृति, विसङ्गति र महिलालाई गरिने भेदभाव अन्त्यका लागि सामाजिक न्यायसहितको रुपान्तरणको अभियानमा सहभागी हुन र क्षतिपूर्तिस्वरुप थप अधिकारका लागि अवसर प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् । 


 



सोमबार २४, फागुन २०७७ ११:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.