काँग्रेसको आजको नीति  केपी ओली र प्रचण्ड–नेपाललाई नियाल्ने रणनीति

युग संवाददाता     561 पटक पढिएको    

काँग्रेसको आजको नीति  केपी ओली र प्रचण्ड–नेपाललाई नियाल्ने रणनीति


रातोपाटी बाट 

काठमाडौं  फागुन २३ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभामा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी  नेकपा को केपी ओली र प्रचण्ड–माधव समूहको रणनीति नियाल्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरी १३ दिनभित्र अधिवेशन बोलाउन सर्वोच्च अदालतले दिएको परमादेश अनुसार आइतबार दिउँसो ४ बजे  पहिलो बैठक बस्दै छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले काँग्रेस पर्ख र हेर अवस्थामा रहेको बताए । प्रमुख सचेतक खाणले आगामी नीतिबारे छलफलमै रहेको बताए ।


उनले भने, ‘आज सत्तारुढ दलका दुई समूह ९केपी र प्रचण्ड–नेपाल० कसरी प्रस्तुत हुनुहुन्छ । त्यसलाई प्रतिपक्षी बेन्चबाट नियाल्छौँ । उहाँहरुको रणनीतिलाई मध्यनजर गरेर काँग्रेसले छिट्टै नीति बनाउँछ । मुलुकलाई बन्धक राख्ने पक्षमा नेपाली काँग्रेस छैन ।’ 


यस्तै काँग्रेसले संसदको उनीहरुको रणनीतिसँग सर्वोच्च अदालततिर पनि नजर लगाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज सुनाउँदै छ ।  नेकपा अध्यक्ष ऋषि कट्टेलले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएर आज निर्णय सुनुवाई हुन लागेको होे । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आज निर्णय सुनाउनेछ ।


सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।
सर्वोच्च अदालतको फैसलाले नेकपा के हुन्छ र निर्वाचन आयोगले नेकपा कुन पक्षलाई आधिकारिकता दिन्छ भन्ने विषयलाई पनि नजिकबाट नियालिरहेको छ ।
संसद विघटनपछि नेकपामा आएको राजनीति विभाजनलाई निर्वाचन आयोगले कानुनी मान्यता दिन सकेको छैन । अदालत र आयोग निर्णयलाई काँग्रेसले नजिकबाट हेरिरहेको काँग्रेस सांसद प्रकाश रसाइलीले जानकारी दिए ।  



आइतबार २३, फागुन २०७७ १२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.