प्रीति जिन्टा अगाडि लागिन्, वार्नरको भन्दा राहुलको नटआउट सफल

खेलकुद

Yugnepal     773 पटक पढिएको    

प्रीति जिन्टा अगाडि लागिन्, वार्नरको भन्दा राहुलको नटआउट सफल

प्रीति जिन्टा अगाडि लागिन्, वार्नरको भन्दा राहुलको नटआउट सफल

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटमा बलिउड नायिका प्रीति जिन्टाको लगानी रहेको किंगस ११ पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । 

सनराइजर्स हैदराबादमाथि चन्डिगढमा भएको खेलमा ६ विकेटको सफलता हासिल गरेपछि पञ्जाब अगाडि लागेको हो । 

खेलमा १५१ रनको लक्ष्य पञ्जाबले १९।५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । 

ओपनर लोकेश राहुलले ५३ बलमा नटआउट ७१ रन बनाए । त्यसैगरी मायांक अग्रवालले ४३ बलमा ५५ रन बनाए । 

राहुलको नटआउट हैदराबादका ओपनर डेभिड वार्नरको भन्दा सफल देखिएको छ । वार्नरले ६२ बलमा नटआउट ७० रन बनाएका थिए । 

हैदराबादले पहिले ब्याटिङ गर्दै ४ विकेटकै नोक्सानीमा १५० रन बनाएको थियो । २३ बर्षे भारतीय खेलाडी दीपक हुडाले ३ बलमा नटआउट १४ रन बनाए पनि पञ्जाबलाई घुँडा टेकाउने सकेनन् । 

अंक तालिका
सोमबार रातिको खेलपछि अंकतालिकामा कोलकाता नाइट राइडर्स ५ खेलबाट ८ अंकसहित पहिलो नम्बरमा छ । 

समान खेलबाट समान अंकको डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस दोस्रो स्थानमा छ । 

पञ्जाब ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ६ अंकको हैदराबाद चौथोमा धकेलिँदा मुम्बई इन्डियन्स ६ अंकबाट पाँचौं स्थानमा झरेको छ । 

सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पनि ६ अंकमै छ । 
बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन ।  
 

मंगलबार रोमाञ्चक भिडन्त
मंगलबार राति रोमाञ्चक भिडन्त हुँदैछ । राति ८ः१५ बजे चेन्नाई र कोलकाता भिड्दै छन् । 

शीर्ष दुई स्थानका टिमको भिडन्तले एउटालाई माथि पुर्र्याउने छ भने अर्को टिम पछाडि पर्नेछ । 

खेल चेन्नाईमा हुँदै गर्दा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाईलाई फाइदा पुग्ने देखिन्छ । 
 



मङ्गलबार २६, चैत २०७५ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.