थरुहट÷थारुवान राष्ट्रिय मोर्चाको हसुलियामा सम्मेलन

युग संवाददाता     709 पटक पढिएको    

थरुहट÷थारुवान राष्ट्रिय मोर्चाको हसुलियामा सम्मेलन


धनगढी फागुन १५/ कैलारी गाउँपालिकास्थित हसुलियामा आजदेखि थरुहट÷थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन हुँदैछ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन गर्न लागेको हो । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहने जनाइएको छ ।
  
सम्मेलनमा सहभागिताका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको र्चाका प्रवक्ता मिनराज थारुले जानकारी दिए । उनका अनुसार सम्मेलन उद्घाटनको क्रममा थरुहट युवा दस्ताको मार्च पाससमेत हुनेछ ।

सम्मेलनमा ५० हजार व्यक्तिको सहभागिता गराउने आयोजकले दावी गरेको छ । सम्मेलन उद्घाटनपछि बन्दसत्र सुरु हुने र घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । 

टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला, संविधानप्रति थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सिमांकन र नामांकनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा गहन ढंगले छलफल गरिने जनाइएको छ । 



शनिबार १५, फागुन २०७७ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.