आत्मआलोचना गरे केही सोच्न सकिन्छ - नेता रावल

युग संवाददाता     1010 पटक पढिएको    

आत्मआलोचना गरे केही सोच्न सकिन्छ  - नेता रावल
फाइल तस्वीर


धनगढी फागुन १२ - नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर जनतासामु माफी मागमो आफ्नो समूह सकारात्मक हुनसक्ने बताएका छन्। 


मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि गरेपछि बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरि प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताएका हुन। 

‘व्यक्तिगत रुपमा केपी शर्मा ओलीले राष्ट्रका सामु आफुले गल्ती गरे, प्रनिनिधि सभा विघटन गरेर गल्ती गरेको रहेछु। नेकपासामु माफ गर्नुस भन्दै नैतिकका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो भने केही सकारात्मक बन्न सकिन्छ’ उनले भने, ‘तर पार्टीबाट निष्काशित गरेको सन्दर्भमा मात्रै प्रधानमन्त्रीको सन्दर्भमा भन्या होइन।’


यस्तै नेता रावलले १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश वमोजिम प्रतिनिधि सभा अगाडी बढ्ने बताएका छन्।  ‘अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुरा भन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो’ उनले भने।



बुधबार १२, फागुन २०७७ ११:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.