विदेशी लगानी र कर्जा बढ्ने अपेक्षा, राष्ट्र बैंकको नीतिले सहजिकरण

युग संवाददाता     1134 पटक पढिएको    

विदेशी लगानी र कर्जा बढ्ने अपेक्षा, राष्ट्र बैंकको नीतिले सहजिकरण


बैंकिङ खबरबाट 
काठमान्डौ फागुन १० । राष्ट्र बैंकले सहजिकरण गरिदिएपछि विदेशी लगानी बढाउन विभिन्न कम्पनीहरु लागी परेका छन् । पछिल्लो समयमा विदेशी मुद्रा भित्राउन राष्ट्र बैंकले सहज किसिमको नीति लिएपछि कम्पनीहरु विदेशी लगानी तथा कर्जा बढाउने तर्फ सक्रिय भएका हुन् । यसले विदेशी लगानी धेरै क्षेत्रमा बढ्ने अपेक्षा गरिएको छ । विदेशबाट रकम ल्याउँदा राष्ट्र बैंकको अनुमति नचाहिने व्यवस्था अनुसार विदेशी लगानी वा ऋण ल्याउनका लागि विभिन्न कम्पनीहरुले योजना अघि सारेका छन् । राष्ट्र बैंकको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ अनुसार बीदेशी रकम ल्याउँदा बैंकिङ प्रणालीको प्रयोग गरिनुपर्ने, राष्ट्र बैंकलाई सोको जानकारी गराउनुपर्ने छ । तर त्यसको लागि पूर्व अनुमति लिनुपर्ने व्यबस्था हटाएको थियो । रकम भित्र्याएपछि मात्रै सो को जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने व्यबस्था गरिएको छ । यद्यपी विदेशी मुद्रा फिर्ता लैजानेक्रममा भने स्वीकृति आबश्यक पर्ने गर्दछ ।

लगानी स्वीकृतिका लागि लगानी बोर्ड, उद्योग विभागभएर राष्ट्र बैंक ल्याउनुपर्ने अबस्था थियो । यसरी धेरै निकाय धाँउदा समय बढी लाग्ने समस्या अब रहने छैन । नयाँ व्यवस्थाले लगानीकर्ताको समय बचत हुने भएको छ । नयाँ कर्जाका लागि वा नयाँ लगानीका लागि यो नियम बनाइएको भएपनि हाल सञ्चालनका क्रममा रहेका व्यवसायमा विदेशी मुद्रा भित्र्याउँदा भने राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ । 



सोमबार १०, फागुन २०७७ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.