प्रधानमन्त्री ओलीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

युग संवाददाता     724 पटक पढिएको    

प्रधानमन्त्री ओलीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास


धनगढी फाल्गुन १०
प्रधानमन्त्री केपी शर्मा ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । औद्योगिक क्षेत्र घोषणा भएको र पहिलो पटक बजेट विनियोजना भएको २५ बर्षपछि कञ्चनपुरको बेदकोट नगरपालिका पुगेर प्रधानमन्त्री ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

   
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो । घोषणाको २५ बर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास भएपछि स्थानीय उत्साहित छन् ।

नौँ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी औद्योगिक क्षेत्रको निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि यसै बर्ष वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएको थियो ।

  
औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजागरी पाउने दावी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

लिमिटेडका अनुसार नौँ सय विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएकोमा पहिलो चरणमा चार सय विघा क्षेत्रफलमा स्थापना गरिनेछ । सो क्षेत्रफलमा एक सय बढि उद्योग खोल्न सकिनेछ ।



सोमबार १०, फागुन २०७७ ०३:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.