संसद् विघटनले मान्यता पाए व्यवस्था खत्तम हुन्छ - सिटौला

युग संवाददाता     766 पटक पढिएको    

संसद् विघटनले मान्यता पाए व्यवस्था खत्तम हुन्छ - सिटौला
फाइल तस्विर

 


विवेक मिश्र, /  हाम्राकुराबाट

 

मोरङ  फाल्गुण ९  । संसद् विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै सत्तम हुने काँग्रेस नेता कृष्ण सिटौलाले बताएका छन् ।


आइतबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमको विपक्षमा फैसला भए मात्र लोकतान्त्रिक व्यवस्थाको रक्षा हुनसक्ने बताएका छन् ।


 पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए । नेता सिटौलाले प्रधानमन्त्रीले संविधानमाथि आक्रमण गरेको समेत आरोप लगाए ।



सोमबार १०, फागुन २०७७ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.