‘काँग्रेससँग पैसा छैन, आन्दोलन गर्न सडकमा हुलका हुल मान्छे ल्याउन सकिन्न’

युग संवाददाता     785 पटक पढिएको    

‘काँग्रेससँग पैसा छैन, आन्दोलन गर्न सडकमा हुलका हुल मान्छे ल्याउन सकिन्न’

 


 फाल्गुण ६ बिहिबार


पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनका लागि सडकमा हुलका हुल मान्छे ल्याउन पैसा नभएको बताएका छन् ।


बिहीबार पोखरामा आयोजित नेपाल मगर सङ्घको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले संसद् पुनर्स्थापना हुनै पर्छ भनेर काँग्रेसले आन्दोलन गर्न पैसा खर्च गरेर सडकमा मान्छे ल्याउन नसक्ने बताएका हुन् ।

‘सडकमा आन्दोलन गर्नका लागि हुलका हुल मान्छे काँग्रेसले ल्याउन सक्दैन, काँग्रेससँग पैसा छैन,’ काँग्रेस सभापति देउवाले सम्मेलनलाई सम्बोधन गर्दै भने ।

उनले संसद् विघटनपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै अदालतले गर्ने निर्णय काँग्रेसलाई मान्य हुनेसमेत बताए ।

‘अदालतले पुनर्स्थापना भन्यो भने स्वीकार गर्छौँ, चुनाव भन्यो भने पनि स्वीकार गछौं, हामी जुलुस निकालेर दबाब दिएर यसो गर भन्दैनौँ,‘ देउवाले थपे ।



बिहिबार ०६, फागुन २०७७ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.