टीकापुर घटनाका योजनाकार रेशम चौधरी होइनन्’ -मन्त्रीभट्ट

युग संवाददाता     1111 पटक पढिएको    

टीकापुर घटनाका योजनाकार रेशम चौधरी होइनन्’  -मन्त्रीभट्ट


धनगढी  माघ २६
उद्योगमन्त्री लेखराज भट्टले टीकापुर हत्याकाण्डको वास्तविकता अझै बाहिर नआएको बताएका छन् । जिल्ला अदालत कैलाली र उच्च अदालतले उक्त मुद्धामा दोषी ठहर गर्दै रेशम चौधरी लगायतलाई सजायको फैसला सुनाएकोमा मन्त्री भट्टले यस्तो बताएका हुन् । धनगढीमा भएको प्रेस संगठन नेपालको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘रेशम चौधरीलाई भित्र हालिएको छ । रेशम चौधरी योजनाकार हुन कि होईनन् त्यस्मा शंका छ मलाई । अरु नै छन् जस्तो लाग्छ ।’ भट्टले वर्तमान सरकारले सो बारेमा अध्ययन गर्दै निर्दोषलाई रिहा गर्नुपर्ने बताए । 



सोमबार २६, माघ २०७७ ०६:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.