सभामुखको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

युग संवाददाता     1078 पटक पढिएको    

सभामुखको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

 

काठमाडौं / माघ २५ रातोपाटी बाट 

 


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुने भएको छ । 


शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए । 


न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा ‘ग’ नम्बरमा रिटको पेशी राखिएको छ । 

सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् ।



आइतबार २५, माघ २०७७ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.