नेपाललाई खोप खरिदका लागि सहजीकरण गर्न चीन तयार

युग संवाददाता     849 पटक पढिएको    

नेपाललाई खोप खरिदका लागि सहजीकरण गर्न चीन तयार

 


अनलाइनखबरबाट
माघ २५

, काठमाडौं । नेपाललाई अनुदानमा ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले खरिदका लागि पनि सहजीकरण गर्न तयार रहेको बताएको छ ।

शुक्रबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले सो प्रतिवद्धता व्यक्त गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।


दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन वार्तामा वाङले ५ लाख डोज अनुदानमा उपलब्ध गराउने र नेपालका लागि आवश्यक खोप खरिदका लागि सहजीकरण गर्न तयार रहेको बताउनु भएको छ ।’

चीनले सिनो फार्मले विकास गरेको खोप नेपाललाई दिन लागेको हो । चीनले अनुदानमा दिने भनेको खोप सकेसम्म छिटो ल्याउनका लागि नेपाली अधिकारीहरुसँग परामर्शमा रहेको दूतावासले जनाएको छ ।

यसअघि भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई उपलब्ध गराएको सरकारले अब दोस्रो चरणमा कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र पत्रकारहरुलाई उपलब्ध गराइने जनाएको छ ।



आइतबार २५, माघ २०७७ ११:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.