सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन माघ २६ गतेदेखि

युग संवाददाता     648 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन माघ २६ गतेदेखि

 


धनगढी माघ १९ सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन यहि माघ २६ गते आब्हान हुने भएको छ। प्रदेश सरकारको आज आईतवार बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन आब्हानकालगि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले अधिवेशन सुरु र अन्त्य गर्ने निर्णय गरेअनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने प्रावधान भएकाले अधिवेशन आब्हानकालगि बैठकले प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा तीन वटा नयाँ विधेयक दर्ता भएको छ। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वटै विधेयक दर्ता गराएको जनाइएको छ। यसैगरी, यसअघि प्रक्रियामा दुईवटा विधेयक रहेका थिए।आगामी अधिवेशनका लागि सबै गरेर पाँच वटा विधेयक भइसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।



सोमबार १९, माघ २०७७ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.