काँग्रेसका १३ वटा भ्रातृ संगठनहरु सडकमा उत्रिँदै

युग संवाददाता     993 पटक पढिएको    

काँग्रेसका १३ वटा भ्रातृ संगठनहरु सडकमा उत्रिँदै

काठमाडौं प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरु आज  सोमबार देशभर प्रदर्शनसँगै विरोध सभा गर्ने भएका छन्। प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका १३ भ्रातृ संगठनहरु देशभर एकसाथ प्रदर्शन र विरोध सभा गर्ने भएका हुन्।

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकाविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस तेस्रो चरणको आन्दोलनमा छ। तेस्रो चरणअन्तर्गत कांग्रेसले माघ २४ गते शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्न निर्देशन दिएको छ।

यस्तै कांग्रेसले जिल्ला कार्यसमितिहरुलाई माघ ३० गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ। कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तरगत माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको थियो।



सोमबार १९, माघ २०७७ ०६:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.