दुई तिहाई केन्द्रिय सदस्य हाम्रो साथमा छन् - नेता रावल

युग संवाददाता     787 पटक पढिएको    

दुई तिहाई केन्द्रिय सदस्य हाम्रो साथमा छन् - नेता रावल

 

 धनगढी माघ १८ -नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका ईञ्चार्ज भीम रावलले राजनीतिक नैतिकताको हेक्का नराखी प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गर्न थालेको आरोप लगाएका छन् । धनगढीमा प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कार्यकारी प्रधानमन्त्री भनेर ओलीले मनमौजी गरेको आरोप लगाएका हुन् । उनले मन्त्रिपरिषद् विस्तारसंगै हरेक कार्य गर्दा ओलीले संविधान मिचेर गरेको आरोप लगाए । ओली सरकारकै मन्त्रीले पनि निर्वाचन नहुनसक्ने भन्दै अभिव्यक्ति दिएको बताउँदै रावलले नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले स्पष्ट निर्णय लिनुपर्ने बताए । 

  
‘निर्वाचन आयोगले निर्वाचन बहुमत जस्ले ल्याउँछ त्यस्लाई बिजयी घोषणा गर्नको लागि हो,’ उनले भने, ‘नेकपाको दुई तिहाईभन्दा बढि केन्द्रिय सदस्य हाम्रो साथमा छन् । त्यो बहुमतलाई किन आधिकारीक नमान्ने रु निर्वाचन आयोगलाई पनि प्रश्न गर्न चाहन्छु–बहुमतको आधारमा लोकतन्त्र नचल्ने हो भने निर्वाचन के को लागि रु’ निर्वाचन आयोगले केन्द्रिय सदस्यलाई बोलाएर सनाखत गर्नुपनर्गे र त्यस्का लागि आफु तयार रहेको रावलले बताए । 



आइतबार १८, माघ २०७७ ०४:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.